शुक्रवारको दिन देवी माताको पूजाका लागि विशेष, जानौ लक्ष्मी माताको आराधनाको महत्व

धर्म दर्शन
  • 347
    Shares

देविलाई समर्पित छ शुक्रवार

शुक्रवारको दिन देवी माताको पूजाका लागि विशेष हुन्छ। यस दिन उनको हरेक स्वरूपको पूजा हुन सक्छ । यस्तोमा जानौ लक्ष्मी माताको आराधनाको महत्व। यस दिन मिठाइको दान गर्न सकिन्छ। पौराणिक कथाहरुको अनुसार लगातार १६ शुक्रवारको दिन व्रत रख्नु धेरै फायदजनक हुन्छ। यस दिन सेतो रंगको वस्त्र लगाउनु पनि शुभ मानिन्छ। शक्ति र दुर्गा लाइ प्रसन्न गर्नका लागि यस दिनलाइ धेरै शुभ मानिन्छ। शुक्रवारको व्रत अलग-अलग भाकलका लागि राखिन्छ। कोहि संतान प्राप्ति का लागि यस दिन व्रत राक्छन भने कोहि खुशि जीवनका लागि। बाधाहरुलाइ दूर गर्नका लागि शुक्रवारको व्रत धेरै लाभकारी हुन्छ।

महालक्ष्‍मीको पूजा

महालक्ष्‍मीको पूजाका लागि सर्बप्रथम पवित्र माटोको मूर्ति चौकमा स्‍थाप‍ित गरौ। त्यसपश्चात उनलाई रातो, गुलाबी या फेरि पहेलो रंगको रेशमी वस्त्र लगाउ। यस पूजामा देवी लाई कमल र गुलाबको फूल अवश्य चधाउ, किनभने यो मातालाई अत्‍यंत प्रिय हुन्छ।

महालक्ष्‍मीको पूजामा पान, सुपारी, लौंग, इलायची, रोली, कुमकुम, धूप, कपूर र अगरबत्तियोंको प्रयोग अनिवार्य गर्नु पर्दछ। साथै दुर्वा, चंदन र सिंदूर राख्ना पनि नभुलौ। सामर्थ्‍य अनुसार पूजामा सुन या चांदीको कुनै एक आभूषण पनि शाम‍िल गर्न सकिन्छ।

शास्‍त्र अनुसार यस व्रतको उल्लेख महाभारत कालमा पनि मिल्छ जब माता कुंती तथा गांधारीलाई व्‍यास जी ले यसको जानकारी दिएका थिए। माता महालक्ष्‍मीको बारेमा भनिन्छ कि उनि आफ्नो भक्‍तहरुको समस्‍त मनोकामना पुरा गर्छिन।

लक्ष्मी जीको मन्त्र:

हामी तपाईंलाई लक्ष्मी मन्त्रको बारेमा जानकारी दिदैछौं। यो मन्त्र ४२२ दिन भित्र १.२२५ लाख पटक जप गरिन्छ।त्यसपछि हवन गरेर देवी लक्ष्मी क्को षोडशोपचार विधि दवारा पूजा गरिन्छ। । मन्त्र पढ्नुहोस्: ॐ श्रीं ह्रीं क्लीं त्रिभुवन महालक्ष्म्यै अस्मांक दारिद्र्य नाशय प्रचुर धन देहि देहि क्लीं ह्रीं श्रीं ॐ


  • 347
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *