भारतमा गएको २४ घण्टामा ५० हजार नया कोरोना संक्रमण थपिए भने ७ सय ७५ जनाले ज्यान गुमाए

अन्तर्राष्ट्रिय समाचार
  • 27
    Shares

एजेन्शी।

विश्वभरी कोरोना भाईरसले आतंक मचाईरहेको अवस्थामा छिमेकी राष्ट्र भारतमा गएको २४ घण्टामा ५० हजार नया कोरोना संक्रमण थपिएका छन्। स्वास्थ्य मन्त्रालयले २४ घण्टामा ५२ हजार १२३ नयाँ संक्रमण थपिएका जनाएको छ। योसँगै भारतमा कुल संक्रमणको संख्या १५ लाख ८३ हजार ७ सय ९२ पुगेको छ। यस्तै, कोरोनाबाट बितेको २४ घण्टामा ७ सय ७५ जनाले ज्यान गुमाएका छन्।

जानकारी अनुशार कोरोनाबाट हालसम्म कोरोनाबाट कुल ३४ हजार ९ सय ६८ ले ज्यानगुमाएका छन्। मन्त्रालयका अनुसार देशभर १ करोड ८१ लाख ९० हजार ३ सय ८२ कोरोना टेस्ट भएको छ।

हिजो मात्र ४ लाख ४६ हजार ६ सय ४२ जनालाई कोरोना टेस्ट गरिएको छ। हालसम्म १० लाख २० हजार ५ सय ८२ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।


  • 27
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *