मलेसियामा कुटपिट गरिएका नेपाली सेक्युरिटी गार्डको खोजि जारी, सम्पर्कमा आउन दूतावासको अनुरोध

अन्तर्राष्ट्रिय समाचार
  • 1
    Share

काठमाडौँ

हिजो फेरी एउटा भिडिओ सामाजिक संजालमा तहल्का मचाउन पुग्यो जसलाई देखेर नेपाली हरुले थुप्रै आक्रोश पोखेको पनि देखियो। हो त्यो भिडिओ रहेको छ मलेसियामा एकजना नेपाली सेक्युरिटी गार्डमाथि निर्घात कुटपिट गरिएको भिडिओ।

उक्त भिडिओ को सबै तिर ब्यापक चर्चा हुन थाले पछी मलेसियास्थित नेपाली दूतावासले ती युवा को हुन भन्ने कुराको बारेमा जानकारी हाशिल गर्न सुरु गरेको छ। साथै खबर अनुशार उक्त भिडिओ भाईरल बने लगत्तै मलेसियास्थित नेपाली दूतावासले युवा लाई आफ्नो सम्पर्कमा अौन भनी सूचना जारी गरी सकेको जानकारी रहेको छ।

उक्त भिडओमा युवालाई कुट्ने ब्यक्ती हिन्दी भाषा बोल्दै गरेको र भिडिओ खिच्ने ब्यक्ती पनी हिन्दी भाषा बोल्दै गरेको देखिएको छ। हाल उक्त कुटाई खाने युवा नेपाली नै हुन भन्ने प्रमाणित त भैइसकेको छैन तर मलेसियामा सुरक्षागार्डका रूपमा नेपालीलाई मात्र खटाइने भएकोले उनी नेपली नै हुन सक्ने दाबी गरिएको छ। हाल सोही युवाको तिब्र रुपमा पहिचान र खोजी जारी रहेको नेपाली दूतावासले जनाएको छ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *