सुशांत सिंह राजपूतको परिवारले फसाउन खोजेको भन्दै रियाले रुदै जारी गरिन वीडियो

मनोरञ्जन
  • 8
    Shares

एजेन्सि

नायिका रिया चक्रवर्तीले भारतको सर्वोच्च अदालतमा निवेदन दिदै आफूलाई नायक सुशान्त सिंह राजपुतको परिवारले फसाउन खोजेको बताएकी छिन् । सुशान्तका पिताले पटना प्रहरीमा दर्ता गरेको एफआईआर रियाले सुशान्तलाई मृत्युको मुखमा पुर्याएको उल्लेख गरिएको छ । तर, रियाले भने आफूमाथि लागेको सबै आरोप झुटो भएको बताएकी हुन।

रिया चक्रवर्तीले सोशल मीडियामा २० सेकेंडको एउटा वीडियो शेयर गरेकी छिन। जसमा उनि भन्दैछिन कि उनलाई न्यायपालिका माथि बिश्वास छ र उनले न्याय पाउने छिन।बिहार पुलिसद्वारा सुशांत सिंह राजपूतको मृत्युको जांच शुरू गरे पछि रिया चक्रवर्ती भूमिगत भएकि थीइन  तर अहिले उनि आफ्नो पक्ष राख्न भिडियो मार्फत सामुन्ने आएकि छिन ।

भारतीय मिडियाका अनुसार, रियाले एक बर्षदेखि आफू र सुशान्त लिभिङ टूगेदरमा रहेको उल्लेख गरेकी छिन् । तर, उनले सुशान्तको निधनमा आफ्नो कुनै पनि हात नभएको बताएकी छिन् ।उनले सुशान्त डिप्रेशनमा जुधिरहेकाले पनि आफूले अपार्टमेन्ट छाडेको उनले बताएकी छिन् ।


  • 8
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *