सभामुखको सुरक्षामा खटिएका अगुवा गाडीका एकजना सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि

Breaking News समाचार
  • 52
    Shares

काठमाडौँ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत एक पुरुष कर्मचारीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भए लगत्तै सभामुख निवासमा रहेका ३० भन्दा बढीको स्वाब संकलन गरी पिसिआर परिक्ष्ण गर्न पठाईेको छ। तर हाल आएर ताजा जानकारी अनुशार सभामुखको सुरक्षामा खटिएका अगुवा गाडीका एकजना सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भएको सचिवालयले जनाएको छ।

जानकारी अनुशार प्रहरी हेडक्वार्टरमा कार्यरत एकजना साथीमा कोरोना देखिएपछि सभामुखको सुरक्षार्थ अगुवा गाडीमा खटिनुभएका सुरक्षाकर्मीको पनि स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुखको सुरक्षार्थ खटिनुभएको थियो ।

सुरक्षाकर्मीको परीक्षण पछी कोरोना पोजिटिभ देखी पस्चात सुरक्षार्थ खटिनुहुने अन्य सुरक्षाकर्मीको पनि कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी पठाइएको सचिवालयले जनाएको छ ।


  • 52
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *