कोरोना अपडेट – थप ३१५ मा सङ्क्रमणको पुष्टि, कुल २० हजार ८६ नाघे

Breaking News समाचार
  • 21
    Shares

काठमाडौं 

पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनको क्रममा पछिल्लो चौबीस घण्टामा छ हजार ९९३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको जानकारी दिए ।हालसम्म तीन लाख ८२ हजार ४९० जनाको स्वाब परीक्षण गरिएको उनले बताए । पछिल्लो चौबीस घण्टामा ९३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । कोरोनामुक्त हुने दर करिब ७२ प्रतिशत पुगेको हो । हाल ११ हजार ५३३ जना क्वारेन्टिनमा छन् ।


  • 21
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *