बिश्वभर कोरोनाभाइरसको मामिलामा नेपाल ६५ औँ स्थानमा

समाचार
  • 28
    Shares

काठमान्डौ

विश्वका विभिन्न देशमा कोरोनाभाइरस सङ्क्रमितहरूको आँकडा राख्दै आएको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तालिका अनुसार शनिवार अपरान्हसम्म धेरै सङ्क्रमित भएका मुलुकको सूचीमा नेपाल ६५ औँ स्थानमा रहेको छ।

दक्षिण एसियामा सबभन्दा धेरै सङ्क्रमित भारत अनि त्यसपछि पाकिस्तान, बाङ्ग्लादेश तथा अफगानिस्तानमा पाइेका छन्। भारतमा करिब १७ लाख सङ्क्रमित पुगेका छन् र भारत विश्वमै तेस्रो स्थानमा छ।

पाकिस्तान पौने तीन लाख सङ्क्रमित सहित १३ औँ अनि बाङ्ग्लादेश दुई लाख ३७ हजार सहित १६ औँ स्थानमा छन्। माल्दिभ्स, श्रीलङ्का तथा भुटानमा चाहिँ नेपालमाभन्दा कम सङ्क्रमित पाइेका छन्।


  • 28
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *