पार्टी एकता अक्षुण्ण राख्नुपर्छ : अध्यक्ष प्रचण्ड

समाचार
  • 18
    Shares

ललितपुर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आडभरोसा बोकेको पार्टीको एकता अक्षुण्ण र सुदृढ गरेर अगाडि लैजानुपर्ने बताएका छन । जनताले ठूलो भरोसा राखेको पार्टी भित्रको बहस स्वस्थ हुन नसक्दा सर्वत्र त्यसको नकारात्मक असर परेको चर्चा गर्नुहुँदै उनले विचार र विधिलाई समायोजनसहित पार्टी एकता अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री दाहालले नेपाली कम्युनिस्ट आन्दोलनका एक आदर्शवादी नेता तुल्सीलाल अमात्यको ३९ औँ स्मृति दिवसमा यस्तो धारणा व्यक्त गरेका हुन । उनले पार्टी भित्रको बहस नेतृत्वको छिनाझपटी र पद प्राप्तिका निम्ति तछाडमछाड नभएको बताए ।

पार्टी भित्रको विचार र बहसलाई ढाकछोप होइन ठीक ढङ्गले फस्र्योट गरिनुपर्ने बताउदै उनले पार्टीमा एकता होला भन्ने चिन्ता सर्वत्र रहेकाले विधि र प्रक्रियाबाट अगाडि बढ्दै एकताका लागि सबैले प्रयत्न गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा विधि, विवेक, विश्वासको समायोजन हुनुपर्ने बताए । पार्टी र सरकार मिलेर जानुपर्ने मुलुकको परिस्थिति रहेको चर्चा गर्नुहुँदै उनले नेतामा लचकता, विवेक, धैर्य, विधिको पालना गर्ने प्रतिबद्धता आवश्यक भएको बताए ।

बहुमतको निर्णय दुवै अध्यक्षले मान्नुपर्नेमा जोड दिँदै उनले पार्टीमा दुई अध्यक्ष मिलेर सबै ठीकठाक हुँदैन । पार्टी सहमतिमा चल्छ कि विधिमा ? भन्ने प्रश्न गरे । उनले विधिमा टेकेर नेतृत्वबीच विश्वास जगाउँदै पार्टी भित्रको समस्या समाधान गरिनुपर्ने बताए ।

कार्यक्रममा तुल्सीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले नेपाली कम्युनिस्ट आन्दोलनमा तुल्सीलालले पु¥याउनुभएको योगदानको चर्चा गरे ।


  • 18
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *