सभामुख सापकोटासहित सचिवालयका कर्मचारीको कोरोना रिपोर्ट ‘नेगेटिभ’

Breaking News समाचार
  • 51
    Shares

काठमाडौं 

सभामुख अग्निप्रसाद सापकोटा, उनको सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सभामुख सापकोटाको स्कर्टिङमा प्रयोग हुने एुटा सवारी साधनको चालकमा कोरोना पोजेटिभ देखिएपछि सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीहरुको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

स्वाब लीएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको सभा मुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन ।‘हिज राती अबेर प्राप्त रिपोर्ट सबैको नेगेटिभ रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिनुभएको छ ।’ न्यौपानेले भने ।

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलानुसार शुक्रबार सभामुख सापकोटासहित उहाँको स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।


  • 51
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *