भारत उत्तर प्रदेशकी एक क्याबिनेट मन्त्रीको कोरोनाबाट मृत्यु

अन्तर्राष्ट्रिय
  • 34
    Shares

काठमाडौं 

भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु भएको छ ।

उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थीइन । संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआइ अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको आइतबार बिहान मृत्यु भएको हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गर्दै आइतबार आयोध्या जाने आफ्नो कार्यक्रम पनि रद्द गरेका छन् । कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री थीन् ।


  • 34
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *