विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या ७ लाख नाघ्याे

Breaking News अन्तर्राष्ट्रिय समाचार
  • 24
    Shares

एजेन्सि

विश्वमा कोरोनाभाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ७ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या ७ लाख ३ हजार ३६० पुगेकाे छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने एक कराेड ८७ लाखनजिक पुगेकाे छ । कुल सङ्क्रमितमध्ये एक कराेड १९ लाख ८ हजार उपचारपछि घर फर्किएका छन् । पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर २ लाख ५४ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार २ सय ७७ जनाकाे मृत्यु भएकाे छ ।

कोरोनाकोको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख ६० हजार २७६ जनाको मृत्यु भैसकेको छ । संक्रमितकाे संख्या भने ४९ लाख १८ हजार २४० पुगेकाे छ ।

संक्रमितमध्ये २४ लाख ८१ हजार १३४ भने पूर्णरूपमा निको भैसकेका छन् । अहिले त्यहाँ २२ लाख ७६ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार २१ जनाकाे अवस्था गम्भीर रहेको छ ।


  • 24
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *