झाडापखाला लागेर मृत्यु भएकी १८ वर्षीय युवतीमा कोरोना पुष्टि

समाचार
  • 43
    Shares

वीरगञ्ज

झाडा पखाला लागेर मृत्यु भएकी पर्साको पोखरिया नगरपालिका वडा नं. ८ जगतपुरीकी १८ वर्षीय युवतीमा मृत्युपश्चात गरिएको स्बाव परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

झाडापखालाको कारण सिकिस्त बनेकी ती १८ वर्षीय युवतीलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याउनेक्रममा बाटोमा नै मृत्यु भएको थियो । नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायले युवतीको स्वाब परीक्षणको मङ्गलबार राति रिपाेर्ट पोजिटिभ आएको जानकारी दिए ।

पोखरिया नगरपालिका वडा नं. ९ बार्वामा रहेको मामा घरमा बस्दैआएकी १८ वर्षीय युवतीलाई पखाला लागेर अवस्था जटिल बन्दै गैइ पटकपटक बान्ता भएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।


  • 43
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *