उपचारको क्रममा तिनजनाको मृत्यु,कोरोना सङ्क्रमणको आशङ्का

Breaking News समाचार
  • 38
    Shares

सप्तरी  
सप्तरीमा उपचारको क्रममा मृत्यु भएका तीन जना पुरुषमा काेरोना सङ्क्रमणको आशङ्का गरिएको छ । कोरोनाको आशङ्का गरिएका मृतकहरूको पीसीआर परीक्षणको लागि स्वाब लिने कार्य भैरहेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

तीनै जनाको स्वाब सङ्कलन भएपछि मात्र अन्तिम संस्कार गर्न दीने उनले स्वाब सङ्कलनको लागि स्वास्थ्यकर्मी टोली पठाइसकेको बताए । डेढ महिनाअघि वैदेशिक रोजगारबाट घर आइपुगेका जिल्लाको रुपनी गाउँपालिका वार्ड नम्बर ५ गढियाका ४५ वर्षीय पुरुषमा कोरोनासँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।

अवस्था गम्भीर बन्दै जाँदा थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरान पुगेपछि उनको मृत्यु भएको वडा अध्यक्ष जगदीश दासले जानकारी दिए । उनको शव परिवारजनले घरमा ल्याएर अन्तिम संस्कार गर्न लाग्दा पीसीआर परीक्षणको लागि स्वाब लिन रोकिएको बताइेको छ ।

यस्तै, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराउन भर्ना भएका दुई जनाको पनि मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएपछि दुवैलाई उपचारका लागि गत साउन १५ गते सो अस्पतालमा भर्ना गरिएको थियो । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।


  • 38
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *