नेपालमा ३८१ जना नयाँ सङ्क्रमित, कुल संख्या २१ हजार ३९० पुग्यो

Breaking News समाचार
  • 53
    Shares

काठमाडौं।

कोरोना भाइरसका ३८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २१ हजार ३९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा उहाँले साे कुरा जनाउनुभएकाे हाे ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ८५९ जनाको स्वाब परीक्षण गरिएको छ । हाल नाै हजार ९२५ जना क्वारेन्टिनमा छन् ।

सक्रिय सङ्क्रमित संख्या छहजार ६६४ रहेका छन् । सङ्क्रमित भएर मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा १३० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै हालसम्म १५ हजार १५६ जना सङ्क्रमित कोरोना मुक्त भइसकेका छन् ।


  • 53
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *