उपत्यकामा फेरी ६२ जना कोरोनाभाइरस सङ्क्रमित थपिए

Breaking News समाचार
  • 47
    Shares

काठमाडौं।

आज थपिएका ३८१ मध्ये काठमाडौं उपत्यकामा मात्र ६२ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं र ललितपुरमा गरी ६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौंमा ५७ जना र ललितपुरमा पाँच जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा काठमाडौंका २७ जनामा सङ्क्रमण्को पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पताल, टेकुमा ललितपुरका एक र काठमाडौंका १४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा काठमाडौंको दुई तथा ललितपुरका दुईजनामा सङ्क्रमितको पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा एक, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका ११ तथा स्टार अस्पताल सानेपामा एक र बीआइडीएच ल्याबमा काठमाडौंका एकजनामा सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि मंगलबार समेत काठमाडौं उपत्यकामा ६२ जनामा सङ्क्रमणको पुष्टि भएको थियो


  • 47
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *