काठमाडौं उपत्यकामा २४ घण्टामा ६१८ सङ्क्रमणको पुष्टि

Breaking News समाचार
  • 22
    Shares

काठमाडौं 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो ।सङ्क्रमित हुनेमा काठमाडौंमा १६४ महिला र ३४३ पुरुष छन् । ललितपुरमा ३१ महिला र ३० पुरुष तथा भक्तपुरमा २९ महिला र २१ पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दश हजार ६४१ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।देशैभरि चौबीस घण्टामा एक हजार २४६ जना सङ्क्रमित थपिदा कुल सङ्क्रमित ५९ हजार ५७३ पुगेको छ ।


  • 22
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *