अमेरिकी सहयोग परियोजना एमसीसी केही परिमार्जनसहित पास हुने – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

Breaking News समाचार
  • 207
    Shares

काठमान्डौ – गुल्मीको तम्घासमा कोरोना परीक्षण प्रयोगशाला उद्घाटन गर्न गएका परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसी केही परिमार्जनसहित पास हुने कुराको जानकारी गराका छन।

प्रवक्ता ज्ञवालीले हाल सरकार एमसीसीमा केही परिमार्जनको तयारीमा रहेको र उक्त परियोजनाबारेका केही अस्पष्ट बुदाहरुबारे स्पष्ट हुँदै केही बुँदाहरुलाई परिमार्जन गरी पारित गरिने कुराको जानकारी गराएका थिए।

परराष्ट्रमन्त्री ज्ञवालीले हिजो नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उक्त कुराको खुलाशा गरेका थिए। सोही कार्यक्रममा प्रवक्ता ज्ञवालीले एमसीसीको बारेमा अनेकौ हल्ला फैलाइएको र हल्लाको पछि नलाग्न समेत आग्रह गरेका थिए।


  • 207
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *