उत्तम फल प्राप्तिका लागि शुक्रवारको दिन गरौ महालक्ष्‍मी र संतोषी माताको पूजा

Breaking News
  • 761
    Shares

देविहरुलाइ समर्पित शुक्रवार

शुक्रवारको दिन देवी माताको पूजाका लागि विशेष हुन्छ। यस दिन उनको हरेक स्वरूपको पूजा हुन सक्छ । यस्तोमा जानौ लक्ष्मी र संतोषी माताको आराधनाको महत्व।

महालक्ष्‍मीको पूजा

महालक्ष्‍मीको पूजाका लागि सर्बप्रथम पवित्र माटोको मूर्ति चौकमा स्‍थाप‍ित गरौ। त्यसपश्चात उनलाई रातो, गुलाबी या फेरि पहेलो रंगको रेशमी वस्त्र लगाउ। यस पूजामा देवी लाई कमल र गुलाबको फूल अवश्य चधाउ, किनभने यो मातालाई अत्‍यंत प्रिय हुन्छ।

महालक्ष्‍मीको पूजामा पान, सुपारी, लौंग, इलायची, रोली, कुमकुम, धूप, कपूर र अगरबत्तियोंको प्रयोग अनिवार्य गर्नु पर्दछ। साथै दुर्वा, चंदन र सिंदूर राख्ना पनि नभुलौ । सामर्थ्‍य अनुसार पूजामा सुन या चांदीको कुनै एक आभूषण पनि शाम‍िल गर्न सकिन्छ।

शास्‍त्र अनुसार यस व्रतको उल्लेख महाभारत कालमा पनि मिल्छ जब माता कुंती तथा गांधारीलाई व्‍यास जी ले यसको जानकारी दिएका थिए। माता महालक्ष्‍मीको बारेमा भनिन्छ कि उनि आफ्नो भक्‍तहरुको समस्‍त मनोकामना पुरा गर्छिन।

संतोषी माताको पूजाले पनि मिल्छ उत्तम फल

शुक्रवारमा देवीको यस स्‍वरूपको पनि पूजा हुन्छ ।सुख-सौभाग्यको कामना पुर गर्न संतोषी माता को १६ शुक्रवार सम्म व्रत गर्ने विधान छ। यस दिन सूर्योदय भन्दा पहले उठेर घरको सफ़ाई इत्यादि पूर्ण गरौ।

स्नानादि पछि घरको कुनै पवित्र ठाउमा माता संतोषीको प्रतिमा या चित्र स्थापित गरौ। उनको सम्‍मुख जलले भरिएको कलश राखौ र त्यसको माथि एक कटोरा गुड़ चनाले भरेर राखौ। माताको समक्ष घिउको दीपक जलाउ, फेरि अक्षत, फ़ूल, इत्र, नारियल, लाल वस्त्र या चुनरी अर्पित गरौ। देवी लाइ गुड़ चनाको भोग लगाउ र कथा पढौ र आरती गरौ।

कथा समाप्त भए पछि गुड़ चना गाईलाइ खिलाउ। कलशमा रखेको गुड़ चनाको प्रसाद सबैलाइ बाटौ। कलशको जल लाइ घरको सबै ठाउमा छर्कौ र बचेको जल तुलसीको क्यारीमा हलिदिउ । ध्‍यान राखौ यो व्रत गर्नेले यस दिन अंिलो चिजलाइ न त खानु हुन्छ नत छुनुनै हुन्छ।


  • 761
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *