नेपाल चिकित्सक संघ द्वारा विज्ञप्ति जारी गर्दै अनशनरत डा। केसीको माग सम्बोधन र जीवन रक्षा गर्न माग

Breaking News समाचार
  • 20
    Shares

जुम्ला – नेपाल चिकित्सक संघले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले डा। केसीको अनशनलाई गम्भीर रूपमा मनन् गरि उनका जायज माग सम्बोधन र जीवन रक्षा गर्न माग गरेको हो। डा। केसी गएको पाँच दिनदेखि जुम्लामा अनशनरत रहेका छन।

पाँच दिनदेखि अनसनमा रहेका डा। केसीको अनसममा सरकारले अहिलेसम्म कुनै चासो व्यक्त नगरेको भन्दै नेपाल चिकित्सक संघले विज्ञप्ति निकाल्दै सरकारको ध्यानाकर्षण गरेको छ।

विज्ञप्तिमा एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारण नागरिकको सहज पहुँचका लागि विभिन्न माग राख्दै पटक–पटक सत्याग्रह गर्नु परेको र हाल नेपाल सरकारले गरेका सम्झौताहरूको अक्षरसः कार्यान्वयन नभएको भनी १९औं पटकको सत्याग्रहमा होमिन बाध्य भएको उल्लेख गरेको छ।


  • 20
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *