काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी ८५९ मा सङ्क्रमण पुष्टि

Breaking News समाचार
  • 18
    Shares

काठमाडौ

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ८५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ८५९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा पुष्टि भएको सङ्क्रमित उपत्यकाको तीनै जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा बढी ६९८ जना सङ्क्रमितको पहिचान गरिएको छ ।

ललितपुरमा ८२ र भक्तपुरमा ७९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा २१६ महिला र ४८२ पुरुष, ललितपुरमा ३२ महिला र ४७ पुरुष तथा भक्तपुरमा ४८ महिला र ३४ पुरुष गरी कुल ८५९ जनामा सङ्क्रमित फेला परेका हुन् ।


  • 18
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *