कोरोनाका १२०४ नया सङ्क्रमित थपिए

Breaking News समाचार
  • 8
    Shares

काठमाडौं 

पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै सो अवधिमा ११ जनाको मृत्यु भएको मन्त्रालयलको तथ्याङ्कले देखाउँछ। मन्त्रालयका अनुसार अहिलेसम्म ४०१ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५७० जना, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


  • 8
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *