आइतवार -सूर्य देवको पुजाले हुन्छ यस्तो लाभ

धर्म दर्शन
  • 637
    Shares

सुर्य देब

हिन्दू धर्ममा सूर्यलाइ देवताको रूपमा पूजिन्छ। अन्धकारलाइ दूर गरेर प्रकाशको किरण फैलाउने सूर्य देव लाइ पंचदेवमा सबैभन्दा प्रमुख देवता मानिन्छ सूर्य यो ब्रम्हांडमा उर्जाको एकमात्र स्रोत हो र बिना उर्जाको संसारको हर सजीव वस्तु पनि निष्क्रिय हुन्छ। सूर्यको मानव जीवनमा महत्वलाइ समझेर हिन्दू धर्ममा मात्र हैन अन्य धर्ममा पनि सूर्यलाइ धार्मिक द्रष्टिले हेरिन्छ। हिन्दू धर्म शास्त्र अनुसार सूर्य देव लाइ जल अर्पण गरेमा र विधिवत सूर्य देव आराधना गरेमा जीवनमा सकारात्मक उर्जाको संचार हुनुको साथै पाप बाट पनि मुक्ति मिल्छ।

सूर्य देव को आराधनाले हुने लाभ

सूर्य देवको आराधना गर्दा मनुष्य बल , बुद्धि , तेज , मान -सम्मान , धन -सम्पति और स्वास्थ्यले परिपूर्ण भैइन्छ । यसको साथ-साथ सूर्य देव को नित्य आराधना गर्दा मानव जीवनमा नव शक्तिको संचार हुन थाल्छ। सूर्य देवको पूजाले मानव जीवनमा हुने प्रभावको सूर्य देवको आराधनाले शरीर रोगमुक्त हुन्छ।

रोग जस्तो पनि होस् सूर्य देवको विधिवत आराधनाले रोग बाट मुक्ति मिल्छ। मानसिक व्याधियों (चिंता , तनाव , अवसाद , नकारात्मक सोच ) बाट मुक्ति मिल्छ। सूर्य देवको पूजाले जीवनमा सकारात्मक उर्जाको संचार हुन्छ। सूर्य देवको पूजाले मन बाट अहंकार, हीन भावना, ईर्ष्याको भाव दूर हुन्छ ।

जन्म कुंडलीमा सूर्य दोष भएमा सूर्य देवको आराधना गरेमा विशेष रूपले फलदायी मानिन्छ। यस्तो व्यक्तिले नियमित रूपमा सूर्य देवको आराधना गर्नु पर्दछ। सूर्य देवको आराधनाले नौकरीमा आएको अड़चन दूर हुन्छ र साथै नौकरीमा पदौन्नतिको अवसर प्राप्त हुन्छ।

जो व्यक्ति सम्पूर्ण जीवन सूर्य देव को आराधना गर्दछ , जल अर्पित गर्दछन् त्यस्तो मनुस्यको मुखमामा सैदव तेज रहन्छ। यस्तो व्यक्तिमा अरुलाइ आफु तिर आकर्षित गर्ने क्षमता विकसित हुन थाल्छ। सूर्य देवको नित्य आराधना गर्ने व्यक्तिको स्वभाव निडर र शरीर बाट बलवान हुन्छ।


  • 637
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *