बेलायतमा कोरोनाको त्रास – आइसोलेसन बस्न नमान्नेलाई १० हजार पाउण्ड जरिवाना

अन्तर्राष्ट्रिय
  • 27
    Shares

एजेन्सि

बेलायत सरकारले काेराेनाकाे दाेस्राे लहर भित्रिएकाे भन्दै नियन्यणका लागि कडा नियम लागू गरिँदै छ । त्यहाँ संक्रमितहरू आइसोलेसनमा बस्न नमानेमा १० हजार पाउण्डसम्म जरिवाना तिर्नुपर्ने बताइेको छ ।

बेलायतमा काेराेना परीक्षण गर्दा नतिजा पोजेटिभ आएका तथा संक्रमितसँग सम्पर्कमा रहेकाहरुले ‘सेल्फ आइसोलेसन’ मा बस्नुपर्नेछ । याे नियम २८ सेप्टेम्बरदेखि अनिवार्य लागू गरिन लागेकाे छ भने नियम उल्लंघन गर्नेलाइ जरिवानाकाे व्यवस्था गरिँदै छ ।

समाचार एजेन्सीहरूका अनुसार त्यहाँ अहिलेसम्म आइसोलेसनमा बस्न निर्देशिका मात्रै जारी गरिएको थियो । तर अब यसलाई अनिवार्य बनाइेको र जरिवाना १ हजार पाउण्डदेखि सुरु भएर १० हजार पाउण्डसम्म लाग्न सक्नेछ ।

नियम उल्लंघन दोहोरिएअनुसार नै जरिवाना थपिँदै जाने बताइेकाे छ । यो नियम रोजगारदातालाई पनि लागू हुने बताइेकाे छ । आफ्ना कामदारलाई सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिन बेवास्ता गर्ने रोजगारदाताले पनि जरिवाना तिर्नुपर्नेछ ।


  • 27
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *