पेट्रोल बोकेको ट्याङ्कर त्रिशुलीमा खस्दा आगलागी , चालक सहचालक वेपत्ता

समाचार
  • 10
    Shares

धादिङ

ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।

ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए । नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भैरहेको प्रहरीले जनाएको छ ।रासस


  • 10
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *