सहकारी संघसंस्थाहरुले कर्जा दिदा १४.७५% भन्दा बढी ब्याज लिन नपाउने

Breaking News अर्थ समाचार
  • 15
    Shares

काठमाडौँ — सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समिति द्वारा सोमबार गरिएको निर्णय अनुशार सहकारी संघसंस्थाहरुले कर्जा दिदा १४.७५% भन्दा बढी ब्याज लिन नपाउने भनिएको छ।

सहकारी विभागले गराएको जानकारी अनुशार नया सन्दर्भ ब्याजदर २०७७ कात्तिक १५ देखि लागू हुनेछ। हाल सम्म सन्दर्भ ब्याजदर १६% रहेको छ

अधिकांस सहकारीले सन्दर्भ ब्याजदर पालना नगरेको, सहकारी संस्थाहरूले आफूखुसी जथाभावी बढी ब्याज लिँदै आएकाले त्यसलाई नियन्त्रण गर्न भन्दै समितिले ०७६ साउन १९ देखि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको थियो । अहिले सोही दरलाई परिमार्जन गरिएको छ ।

साथै अब सहकारी संस्थाले बचतमा अधिकतम् ८.७५ % भन्दा बढी ब्याज दिन नपाउने भएका छन् ।


  • 15
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *