काठमाडौं – नेपालमा कोरोनाभाइरसका दुई हजार १११ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार १११ जना सङ्क्रमित थपिएको र तीन हजार ५३७ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख छ हजार ३५३ पुगेको जनाएको छ । हाल ३७ हजार २२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।