काठमाडौँ – हिजो शुक्रबार बङ्गलादेशको राजधानी ढाकास्थिति बङ्गबन्धु रङ्गशालामा भएको पहिलो मैत्री अन्तर्राष्ट्रिय फुटबल खेलमा बङ्गलादेशले नेपाल लाई २-० ले हराएको थियो।
मैत्री अन्तर्राष्ट्रिय फुटबल खेलन हाल नेपाली राष्ट्रिय टोली बङ्गलादेश पुगेको छ। पहिलो मैत्री खेलमा नै नेपाल बङ्गलादेश संग हार्न पुगेको छ। बङ्गलादेशका लागी मोहम्मद नविव नवाज जिवन र महबुबुर रहमानले गोल गरेका थिए।
बङ्गलादेशले खेल सुरु भएकै नौ मिनेटमानै नेपाल लाई पहिलो गोल गरेको थियो तत पस्चात खेलको ७८ औँ मिनेटमा अर्को गोल गरेको थियो। जानकारीका लागी बङ्गलादेश संगको अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपाल पाँच वर्षपछि पराजित भएको हो ।
अब फेरी नेपाल र बङ्गलादेशबीच मङ्गलबार बङ्गबन्धु रङ्गशालामा नै दोस्रो अन्तर्राष्ट्रिय मैत्री खेल हुन गयीरहेको छ