नेकपाका पाँच नेता हरुका अनुशार पार्टी र सरकारका सबै कामहरु सोचे अनुरुप नभएको र जिम्मेवार प्रधानमन्त्री रहेको जिकिर

Breaking News राजनीति समाचार
  • 12
    Shares

काठमाडौँ — नेकपाका पाँच नेता हरु द्वारा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली लाई कात्तिक २२ मा एेउता पत्र बुझाएका थिए जस्मा पार्टी र सरकारका सबै कामहरु सोचे अनुरुप नभएको र उक्तका लागी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनै जिम्मेवार रहेको जिकिर गरिएको छ।

नेकपाका अर्खा अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले बुझाएको पत्रमा लेखिएको छ , “पार्टी र सरकारका सबै कामहरु उक्त निर्देशनअनुरुप गतिका साथ कार्यान्वयन हुनेछन् भन्ने अपेक्षा गरिएको थियो । तर व्यवहारमा त्यस्तो हुन सकेन । यो स्थितिको निम्ति प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली नै जिम्मेवार हुनुहुन्छ । तपाईले पार्टी एकतालाई रक्षा गर्दै पार्टी र सरकारलाई बिचार,नीति तथा विधि ,पध्दतिका आधारमा सञ्चालन गर्ने मर्मका साथ लिइएको पार्टी निर्णयको कार्यान्वयनमा तत्परता प्रदर्शन गर्नुको सट्टा त्यसको अवज्ञा गर्नुभयो । यसले पार्टीमा पुनःसंकट उत्पन्न गरेको छ र आम पार्टी पंत्तिमा गम्भीर चिन्ता छाएको छ ।”


  • 12
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *