काठमाडौँ — सरकार द्वारा सत्याग्रही डाक्टर गोविन्द केसीको सम्पुर्ण उपचार खर्च बेहोर्ने जानकारी आए संगै डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली द्वारा आफ्नो सामाजिक संजालमा डा। केसीको उपचार सम्बन्धी ट्विट जारी घरे पस्चात डा। केसीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट विज्ञप्ति जारी गर्दै आफ्नो खर्च आफै बेहोर्ने बताएका छन ।
विज्ञप्तिमा डाक्टर गोविन्द केसी भनेका छन्, ‘म कोभिड -१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थ्यलाभको शुभकामना सन्देशका लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफै बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् ।’