कोरोनाभाइरस : थप १,९४६ जना सङ्क्रमित, १३ जनाको मृत्यु

Breaking News समाचार

काठमाडौं – नेपालमा विगत २४ घण्टामा थप १,९४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

देशभरका प्रयोगशालामा ८ हजार ७५३ नमुना परीक्षण गर्दा ८१६ महिला र ११३० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।

उनीहरुमध्ये १ लाख ७० हजार ६३२ जना संक्रमणमुक्त भएका छन् ।सरकारको तथ्याङ्कानुसार शनिवारसम्म नेपालमा १,२१५ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *