बेलायतको अक्सफोर्डमा दर्ता भएको परोपकारी संस्था हेल्प फर नेपाल बाट राष्ट्रिय आविष्कार केन्द्रलाइ रु ६ लाख र दलित समुदायको उत्थानको लागि रु १ लाख ३० हजार नगद सहयोग

Breaking News समाचार
शेयर गर्नु होला

अक्सफोर्ड, बेलायत

बेलायतको अक्सफोर्डमा दर्ता भएको परोपकारी संस्था हेल्प फर नेपालले, यस्तो कोरोनाको महामारीले जनजीवन अस्तव्यस्त बनाइ रहेको बेलामा पनि आफ्नो मातृभूमि प्रतिको मायाले यसका सहयोगी र परोपकारी कामहरु लाई निरन्तरता दिने क्रममा राष्ट्रिय आविष्कार केन्द्रलाइ रु ६ लाख र पश्चिमको गोराही दाङ् र पूर्वको जगरनाथपुर पर्शाका गरि दुई दलित समुदायको उत्थानको लागि रु १ लाख ३० हजार नगद सहयोग प्रदान गरेको छ।

यहि सिलसिलामा हालसालै नेपालमा दिन प्रतिदिन बढदै गईरहेको कोरोनाको प्रकोपले जनजीवन अतिनै अस्तव्यस्त हुनुको को साथै आवश्यकिय औषधि उपचार अनि उपकरण को अभावको कारणले गर्दा धेरैले ज्यान गुमाई रहेको बेलामा सक्दो सहयोग गरि ज्यान बचाउने काम गर्नको लागि राष्ट्रिय आविष्कार केन्द्र लाई रु ६ लाख को सहयोग गरेको छ। युक्त सहयोगले राष्ट्रिय आविष्कार केन्द्रलाइ पीपीई उत्पादन गरि विभिन्न ठाउमा वितरण गर्न, विभिन्न ठाउहरुमा अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउनुको साथै अस्पतालहरुमा बिग्रिएर रहेका अक्सिजन प्लान्ट र भेन्टिलेटर हरु मर्मत गरि तत्काल राहत पुरयाउने काममा केहि हद सम्म भएपनि सहयोग पुग्ने कुरा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष श्री डक्टर महाबिर पुन ज्युले बताउनु भएको छ। डक्टर महाबिर पुनका अनुसार अहिलेको महामारीमा राष्ट्रिय आविष्कार केन्द्रले ६० जति जिल्लाहरुमा सहयोग सुविधाहरु प्रदान गर्दै आएको छ।

यस्तै गरि हेल्प फर नेपालले गएको महिना पश्चिमको गोराही दाङ् र पूर्वको जगरनाथपुर पर्शामा गरि दुई दलित समुदायको उत्थानको लागि रु १ लाख ३० हजार बराबरको नगद पनि प्रदान गरिसकेको छ।

हेल्प फर नेपालका सम्पूर्ण सदस्यहरूको तर्फबाट अध्यक्ष एवं पूर्व ब्रिटिश सैनिक कप्तान तुलसी पौडेलले यस परोपकारी कार्यमा शुरु देखि अन्त्य सम्म देश विदेश बाट प्रतक्ष्य तथा अनलाइनमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा आभार प्रकट गर्नु भएको छ। साथै यो सहयोगले कोरोनाको महामारी बाट निर्दोष मानिस हरुको ज्यान बचाउन सहयोग पुग्नुको साथै गोराही दाङ् र जगरनाथपुर पर्साका गरि दुई दलित समुदायहरुमा शैक्षिक जागरूकता बढाइ जनचेतना वृद्धि गर्नको लागि केहिहद सम्म भएपनि सहयोग पुग्ने आशा व्यक्त गर्नु भएको छ। साथै वहाँले नेपालको शिक्षा, स्वास्थ्य एवं गरिबीको क्षेत्रमा यस संस्थाले भविष्यमा पनि सक्दो सहयोग पुर्‍याउने जानकारी दिनु भएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *