विद्युतीय पासोमा परी एकै घरका तीनजनाको मृत्यु

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – बर्दियामा जंगली जनावरलाई थापेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धानखेतमा विद्युतीय पासो थापेका मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँकाले जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.