ओमिक्रोन देखिएका देशबाट नेपाल प्रवेश गर्नेको व्यवस्थापन गर्ने सरकारको निर्णय

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौ – सरकारले कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल प्रवेश गर्ने व्यक्तिको व्यवस्थापन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल प्रवेश गर्नेको व्यवस्थापन गर्न आदेश दिने निर्णय भएको जानकारी दिए ।

मङ्गलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले यो जानकारी दिएका हुन। ‘कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्ता कार्कीले भने।

पछिल्लो समय दक्षिण अफ्रिकी मुलुकमा ‘ओ मिक्रोन’ देखिएको पुष्टि भएको छ ।सरकारले विमानस्थल र नाकामा ओमिक्रोन भाइरसको सङ्क्रमण छ वा छैन भनेर सरकारले निगरानी गरिरहेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *