आजबाट गोला प्रणालीबाट इजलास

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौ – सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रणालीबाट पेसी तोकिँदैछ । गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नेबारे संशोधित सर्वोच्च अदालत नियमावली बुधबारदेखि कार्यान्वयनमा आउन लागेको हो ।

नियमावली कार्यान्वयन गर्नेबारेको सूचना सोमबार नेपाल राजपत्रमा प्रकाशित भैसकेको छ । गोला प्रणाली सुरु भएसँगै सर्वोच्चमा पछिल्लो एक महिनाभन्दा लामो समयदेखि भैरहेको न्याय सम्पादनको अवरुद्धता समेत हट्नेछ । अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक निष्ठामा प्रश्न उठेको भन्दै न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार गरिरहेका छन् ।

पहिलो पटक गोला प्रणालीबाट पेसी तोकिन लागेको हो । अहिले सर्वोच्च अदालतको दैनिक पेसी सूची प्रधानन्यायाधीशले तोक्ने अभ्यास छ । गोला प्रणाली लागू भएसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती हुनेछ । ‘अटोमेसन’मा नजाँदासम्म गोला प्रणालीबाट पेसी व्यवस्थापन हुनेछ ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले गोला प्रणालीका लागि सम्पूर्ण तयारी पूरा भएको जनाए । ढकालले भने, “गोला प्रणाली लागूबारे सबै तयारी भैसकेको छ । अहिले साप्ताहिक पेसी सूची प्रकाशन भैसकेको छ । जसबाट भोलिका लागि पेसी तय भएका मुद्दामा गोला हालिनेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *