परिवर्तनको गति रोक्ने काम नगरौ – नेता नेपाल

राजनीति
शेयर गर्नु होला

काठमाडौ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको गतिलाई रोक्ने काममा नलाग्न सबैलाई आग्रह गरेका छन । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकता अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।

‘राष्ट्रियता नेपाली जनताको भावना हो । परिवर्तनको गतिलाई रोक्ने काममा हामी नलागौँ, अध्यक्ष नेपालले भने, ‘अगाडि बढिसकेको इतिहास पछाडि फर्किदैन ।’ अध्यक्ष नेपालले देशको विशेषता बिर्सिएर विदेशीको नक्कल गर्दा देशको हित नहुने उल्लेख गरे । ‘आफ्नो देशको विशेषता बिर्सिएर नक्कल गर्न थालेमा त्यसले देशको हित गर्दैन’, नेपालले भने ।

अध्यक्ष नेपालले गफले नभएर काम गरेर देखाउने पार्टी चाहिएको बताए । राजनीतिको केन्द्र नेपाली जनता हुनुपर्नेमासमेत उनले जोड दिएका छन । ‘गफले होइन, काम गरेर देखाउने पार्टी चाहिएको छ, अध्यक्ष नेपालले भने, ‘हाम्रो राजनीतिको केन्द्र बिन्दु नेपाली जनता हुनुपर्छ । यो कुराबाट हामी विचलित हुनुहुँदैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले महाधिवेशनको सफलताको शुभकामना दिँदै संगठनलाई गतिशिल बनाएर जनताको आवाजसँग अगाडि बढ्ने कुरामा राप्रपाले भूमिका खेल्नुपर्नेमा जोड दिएका छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *