“लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको छ” – नेपाली काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले लिपुलेकको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ ।

शुक्रबार उक्त विषयमा आफूहरुको ध्यानाकर्षण भएको बताउनुभएको हो । ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि भारतीय प्रधानमन्त्री मोदीले एक कार्यक्रममा व्यक्त गरेको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको उहाँहरुको भनाइ छ ।

‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको छ’, थापा र शर्माले भन्नुभएको छ ।

पार्टीले विगतदेखि नै यो विषयमा स्पष्ट धारणा राख्दै आएको र यो विषयमा पार्टी प्रष्ट र दृढ रहेको जानकारीसमेत उहाँहरुले गराउनुभएको छ ।

‘नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले राख्दै आएको निम्न धारणा र अडानमा पार्टी प्रष्ट र दृढ रहेको व्यहोरा सार्वजनिक रुपले पुनः दोहो¥याउन चाहन्छ’, महामन्त्रीद्वयले भन्नुभएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.