कोरोना महामारीको तेस्रो लहर फैलिदै गएपछि सरकारको सिनेमा हल र जिम बन्द गर्ने निर्णय

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – कोरोना महामारीको तेस्रो लहर फैलिदै गएपछि सरकारले सिनेमा हल र जिम बन्द गर्ने निर्णय गरेको छ । पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ गतेसम्म सिनेमा हल र जिम बन्न हुने बताउनुभएको हो।

कोरोना संक्रमण बढ्दै गएपछि सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभएको हो ।

धार्मिकस्थलमा भने जनस्वास्थ्यको मापदण्ड पालना गरी नित्यकर्म धार्मिक पूजा गर्न पाउने, सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एकपटकमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरी सञ्चालन गर्नुपर्ने, पार्टी प्यालेसमा कुल क्षमता एक तिहाइ मात्र अथवा ५० जनाभन्दा बढी मानिस भेला नहुने गरी सञ्चालन गर्न दिने निर्णय भएको उनले जानकारी दिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.