काठमान्डौ उपत्यकामा थप चार हजार ६७६ जनामा सङ्क्रमण

समाचार
शेयर गर्नु होला

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र चार हजार ६७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६ सय ३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ गरेर ३८ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनामा आरटी सीसीआर र एन्टिजेन परीक्षण गर्दा दश हजार ३१९ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा अहिलेसमम दुई लाख ९९ हजार २६५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये दुई लाख ५८ हजार ४३२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

मुत्यु हुनेको संखया २२ सय ५२ पुगेको छ। काठमाडौमा ३८ हजार ५८१ जना संक्रिय संक्रमित रहेका छन् । भक्तपुरमा अहिलेसमम ३५ हजार ६४३ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये २९ हजार ९९३ जना संक्रमणमुक्त भएका छन्् भने ४४० जनाको मुत्यु भएको छ ।

त्यस्तै भक्तपुरमा संक्रिय संक्रमित ५ हजार २१० रहेका छन् । ललितपुरमा अहिलेसम्म ६० हजार ८६० जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ५१ हजार ९४ जना संक्रमणमुक्र भएका छनु । ललितपुरमा ७१५ जनाको मुत्यु भएके छ। ललितपुरमा सं,क्रिय संक्रमितको संख्या ९ हजार ५१ रहेको छ। उपत्यमामा मात्रै ५२ हजार ८५२ जना संक्रयि संक्रमित रहेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.