सर्वोच्च अदालतद्वारा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको छ ।

बिहीबार न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको वृहत्त पूर्ण इजलासले सो निर्णय गरेको हो ।

सर्वोच्चका प्रवक्ता बिमल पौडेलले सरकारको निर्णय सर्वोच्चले बदर गरेको र परमादेश जारी भएको जानकारी दिनुभयो ।

उहाँले वृहत्त पूर्ण इजलासले उपयुक्त विकल्प खोजेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी काम अगाडि बढाउन आदेश दिएको बताउनुभयो ।

प्रवक्ता पौडेलले ऐन, नियम, कानुन र विधिशास्त्रीय ध्यानमा राखेर काम गर्न परमादेश जारी भएको समेत जानकारी दिनुभयो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.